Online Radio

Saturday, August 19, 2017

विराटनगरका फोटो पत्रकार संगठित


विराटनगरःराष्ट्रिय फोटोे पत्रकार समुह मोरङको सन्जिव खनालको अध्यक्ष ११ कार्य सदस्य कार्य समिती चयन भएको छ ।  विराटनगरमा फोटोे पत्रकारहरुको भेलाले खनालको अध्यक्षतामा तदर्थ कार्य समित चयन गरेको हो ।

समितिको उपाध्यक्षमा खनेन्द्रकुमार राई (अर्जुन), सचिवमा कमल रिमाल, सह–सचिवमा प्रेम देवान र कोषाध्यक्षमा पुष्पराज थपलिया चयन भएका छन् ।

घोषित सदस्यहरुमा भोजराज घिमिरे, सन्दिप राई, गोपाल काफ्ले, गोविन्द पोखरेल, किरण न्यौपाने र विवेक वस्ती रहेका छन् भने बन्धु पोखरेल र लिल्लाबल्लभ घिमिरे सल्लाहकार चयन भएका छन् ।

भेलामा राष्ट्रिय फोटोे पत्रकार समुहका केन्द्रीय अध्यक्ष ध्रुव आले र सचिव प्रदीपराज वन्तलगायतको उपस्थीत गरेको थियो । 

Post a Comment

Start typing and press Enter to search